“काठ्माण्डौमा लोकतन्त्रमाथि खतरा”,ओली र भारतको दोस्तीप्रति पूर्व राजदूतको चिन्ता
नेपालको पछिल्लो राजनीतिक घटनाक्रममा दक्षिणी छिमेकी भारतको प्रत्यक्ष-अप्रत्यक्ष संलग्नताको आशंका भैरहेका बेला त्यसलाई पुष्टि हुनेगरी एकजना भारतीय कूटनीतिज्ञको धारणा बाहिरिएको छ ।
प्रतिनिधिसभा विघटनको कदमलाई प्रजातन्त्रमाथिको आक्रमण भन्दै नेपालका लागि पूर्वभारतीय राजदूत तथा चर्चित कूटनीतिज्ञ रन्जित रेले भारतले नेपालमा लोकतन्त्र र संविधान रक्षाको पक्षमा आफूलाई उभ्याउनुपर्ने धारणा राखेका छन् ।
‘काठमाडौँमा प्रजातन्त्रमाथि खतरा’ शीर्षकअन्तर्गत आज बिहान १ बजेर २३ मीनेट जाँदा हिन्दुस्तान टाइम्स दैनिकमा प्रकाशित लामो लेखमार्फत रेले नेपालको अहिलेको राजनीतिक घटनाक्रमको विश्लेषण गरेका छन् । लेखमा भारतले प्रधानमन्त्री ओलीलाई धाप मारेको किटानी गरिएको छ ।
प्रधानमन्त्री केपी ओलीको तानाशाही र अलोकपृय शासनलाई धाप मारिरहेको भन्ने आमबुझाइलाई खण्डन गर्दै उनले भारतले आफूलाई नेपालको सँवैधानिक र लोकतान्त्रिक शासनको पक्षमा उभ्याउन सक्नुपर्नेमा जोड दिएका छन् ।
रेको लेखमा घटनाक्रमको यसरी वर्णन छ कि जहाँ भारत र ओलीको सम्बन्धलाई मज्जाले चिरफार गरिएको छ । उनले मधेसी सङ्ग मिलाएर ओलीलाई उचाली भारतले ठूलो गल्ती गरेको निष्कर्षसमेत निकालेका छन् ।
कोरोना महामारीको अहिलेको प्रतिकूल अवस्थामा चुनाव हुन कठिन हुने हुँदा नेपाली राजनीति थप प्रदुषित हुनेमा रेको चिन्ता छ । नेपालको पछिल्लो घटनाक्रममा ओलीलाई समर्थन गरे त्यो भारतकै लागि प्रतुत्पादक हुने उनको दाबी छ ।
टिप्पणीहरू