दुई वरिष्ठ न्यायाधीशद्वारा बेन्चमा नबस्ने घोषणा

दुई वरिष्ठ न्यायाधीशद्वारा बेन्चमा नबस्ने घोषणा

प्रधानन्यायाधीशको इजलास गठन प्रक्रियाप्रति असहमति जनाउँदै दुई वरिष्ठ न्यायाधीश दीपककुमार कार्की र आनन्दमोहन भट्टराई संवैधानिक इजलाशमा नबस्ने घोषणा गरेर अहिले उठ्नुभएको छ ।

यसअघि आजै बिहान प्रधान न्यायाधीश र सर्वोच्च बारका पदाधिकारीवीच इजलास गठनसम्बन्धी नियमावली संशोधन गरी वरिष्ठताका आधारमा एक साताभित्र अर्को इजलास बनाएर प्रतिनिधि सभा विघटन सम्बन्धी सबै रीटउपर सुनुवाइ शुरु गर्ने सहमति जुटेको थियो । अब अर्को पेशी २३ गतेलाई हुने भएको छ ।

टिप्पणीहरू