दलित पत्रकारको पीडा दुखेन दलितलाई ?

दलित पत्रकारको पीडा दुखेन दलितलाई ?

लोक तथा दोहोरीगायिका एवम् सञ्चारकर्मी रुपा सुनार जातीय विभेदमा परेको समाचार बाहिरिँदा पनि दलित पत्रकार संघ मौन बसेकामा उनै रुपाले दुख व्यक्त गरेकी छन् ।

सुनारले सामाजिक सञ्जालमा गरेको ‘लाइभ’ मा मंगलबार आफूमाथि भएको घटनामा अरु सबैले साथ दिएको तर आफू स्वयम् केन्द्रीय सदस्य रहेको दलित पत्रकार संघले साथ नदिएको बताएकी हुन् ।

मंगलबार काठमाडौंमा भाडामा बस्न कोठा खोज्ने क्रममा घरबेटीले दलित भएको थाहा पाएपछि देखाएको अनौठो व्यवहारप्रति उनले कानुनी उपचार खोज्ने बताएकी छन् । अरु सबैले साथ दिए पनि आफ्नै संगठनले चासो नदेखाएकोमा रुपाले अचम्म मानेकी हुन् ।

उनले दलित पत्रकार संघले सामाजिक न्यायको लागि कुनै चासो नदेखाएका कारण उक्त संघमा आफूले दिँदै आएको अमूल्य समयको कुनै अर्थ नभएकाले संघबाट राजीनामा दिने निर्णय गरेको समेत बताएकी छन् ।

मंगलबार बबरमहलमा भाडामा बस्न कोठा खोज्ने क्रममा घरबेटीले शुरुमा सहमति जनाए पनि पछि दलित भएकै कारण आफूलाई कोठा उपलब्ध नगराउने बताएपछि रुपाले उक्त समाचार बाहिर ल्याएकी हुन् ।

टिप्पणीहरू