अढाई क्विण्टल गाँजा ट्रकमा छाडेर चालक फरार
वीरगञ्जको आइसिपी गेट नजिक एचआर ५५ एम २२०९ नम्बरको भारतीय ट्रकबाट २ सय ४७ केजी गाँजा आज दिउँसो फेला परेको छ । गाँजा ट्रकमा छाडेर चालक भने फरार भएका छन् ।
ठूलो परिमाणमा गाँजा ट्रकमा हेटौँडाबाट पर्सा हुँदै भारततर्फ लैजान लागेको सूचना पाएपछि प्रहरीले उक्त ट्रक रोक्न खोज्दा चालक ट्रक छाडेर फरार भएका थिए । त्यसपछि २३ वटा पोकामा उक्त परिमाणको गाँजा फेला परेको हो ।
टिप्पणीहरू