फोहोर फाल्न रत्नपार्कदेखि ओखरपौवासम्म जुलुस
हप्तौंदेखि राजधानी काठमाडौंको फोहोर नउठेको र शहर दुर्गन्धित भएको बिरोधमा नेवा: लहना विश्व सरसफाई अभियानले रत्नपार्कदेखि सिसडोल,नुवाकोटसम्म जुलुस प्रदर्शन गरेको छ । अहिले बिहान साढे आठ बजेबाट जुलुस नुवाकोटको ओखरपौवातर्फ हिँडेको छ ।
उक्त अभियानका हस्तीहरु राजमान मानव र सुशीला महर्जनको अगुवाइमा अन्य सरसफाइ अभियानहरूको समेत सहभागिता रहेको छ । राजधानीको सरसफाई अभियानमा सरकारले उदासिनता देखाएको भन्दै सांकेतिक विरोधस्वरुप रत्नपार्कदेखि सरसफाई गर्दै (पैदल यात्रा) सिसडोल पुगेर कार्यक्रम बिसर्जन हुने जनाइएको छ ।
जुलुसमा झण्डै ७० जना सहभागी छन् । जुलुस रत्नपार्क,ठमेल, सोह्रखुट्टे,बालाजु बाइपास,रानीबन हुँदै नुवाकोटको सिसडोल पुग्ने योजना छ ।
टिप्पणीहरू