टेकुमा पनि एकाबिहानै बिरोध, फोहोर बोकेका गाडी अलपत्र

टेकुमा पनि एकाबिहानै बिरोध, फोहोर बोकेका गाडी अलपत्र

काठमाडौं महानगरपालिकाले अस्थायी रुपमा फोहोर फाल्दै आएको टेकुको फोहोर संकलन केन्द्रमा पनि आज बिहान अवरोध भएको छ । स्थानीयले अन्यत्रको फोहोरसमेत टेकुमा थुपार्न थालेकाले सो क्षेत्र थप दुर्गन्धित भएको भन्दै फोहोर संकलन केन्द्रको मुख्यद्वारमा अवरोध गरेका हुन् ।

बिहानैदेखि एक दर्जनभन्दा बढी स्थानीयले फोहोर फाल्न पाईंदैन भन्दै नाराबाजी गरेको बताइएको छ । उनीहरुले ठाउँ ठाउँमा पम्प्लेट समेत टाँसेर बिरोध गरेका छन् । स्थानीयको अवरोधका कारण शहरबाट फोहोर संकलन गरेर ल्याएका ४० भन्दा बढी सवारी साधन केन्द्र बाहिर रोकिएका छन् ।

टिप्पणीहरू