वाइसीएलको २ सय ३१ सदस्यीय केन्द्रीय समिति, अध्यक्ष तोक्न सकस

वाइसीएलको २ सय ३१ सदस्यीय केन्द्रीय समिति, अध्यक्ष तोक्न सकस

नेकपा (माओवादी केन्द्र) को युवा संगठन वाइसीएल नेपालले २ सय ३१ सदस्यीय केन्द्रीय समिति घोषणा गरेको छ । विवादका कारण पदाधिकारी चयन गर्न नसकेको वाईसियलको मंगलबार सम्पन्न राष्ट्रिय भेलाले २ सय ३१ सदस्यीय केन्द्रीय समिति मात्र चयन गरेको हो ।

भेलाले अध्यक्षसहितका पदाधिकारीको चयन गर्ने जिम्मेवारी नयाँ समितिलाई नै दिएको छ । समिति बैठकले पदाधिकारी चयन गर्ने गरी केन्द्रीय समिति गठन गरिएको वाइसीएलका इञ्चार्ज रामप्रसाद सापकोटा ‘दिपशीखा’ ले जानकारी दिनुभएको छ ।

नयाँ केन्द्रीय समितिमा २३ जना मनोनित गर्न बाँकी राखिएको छ । वाइसीएलको विधानमा १० प्रतिशत सदस्य पछि मनोनित गर्ने व्यवस्था गरिएकाले २ सय ३१ जनामध्ये २३ जना पछि मनोनित गर्न लागिएको हो ।

शनिबारबाट शुरु भएको राष्ट्रिय भेलामा अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेको दाबी थियो । तर सहमति जुटाउन नसकेपछि केन्द्रीय समितिले नै पदाधिकारी चयन गर्ने गरी भेला सकाइएको बताइएको छ ।

टिप्पणीहरू