अमेरिकी सेना हटेपछि काबुल विमानस्थल उजाड

झण्डै २० वर्षपछि अमेरिकी सेना अफगानिस्तानबाट हटेको छ । गए राति काबुल विमानस्थलबाट अन्तिम डफ्फा उडेपछि त्यहाँबाट अमेरिकी सेना पूर्णरुपमा खाली भएको हो । यसअघि राष्ट्रपति डोनाल्ड ट्रम्पले नै यो वर्षको अगष्ट ३१ तारिखभित्र अमेरिकाले अफगानिस्तान छाड्ने बताएका थिए ।

झण्डै दुई सातादेखि राजधानी काबुलदेखि पूरै देश आफ्नो नियन्त्रणमा लिएको तालिवान विद्रोहीले आजदेखि काबुल विमानस्थल आफ्नो कब्जामा लिएको छ ।

यसअघि अमेरिकी सेनाले गए रातीसम्म अन्यत्रको सैनिक अखडा छाडेर विमानस्थलमा केन्द्रित भएको थियो । त्यहिँबाट झण्डै १ लाख अमेरिकी, अन्य विदेशी र अफगान नागरिकको उद्धार गरेको थियो ।

हिजोसम्म भीडभाड देखिएको विमानस्थल आज सबेरैदेखि सुनसान र उजाड मरुभूमि जस्तो देखिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

भिडियो सौजन्य: WION

टिप्पणीहरू