कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि

राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ । यसअघि स्थागित गरिएको कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमा गर्न हुन लागेको हो ।

यसअघि साउन ३१ गतेबाट गर्ने भनिएको परीक्षा कोरोना महामारीको कारण देखाउँदै स्थगित गरिएको थियो । बोर्डले परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म हुने जनाउँदै आज परीक्षा तालिका सार्वजनिक गरेको हो । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म हुनेछ ।

स्वास्थ्य मन्त्रालय, शिक्षा मन्त्रालय र कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहमतिमा परीक्षा सञ्चालन गर्ने निर्णय भएको बताइएको छ ।

टिप्पणीहरू