श्रीकृष्ण जन्माष्टमीको दिन मन्दिर तोडफोड

श्रीकृष्ण जन्माष्टमीको दिन मन्दिर तोडफोड

गत सोमबार संसारभरका हिन्दू धर्मावलम्बीहरुले श्रीकृष्ण जन्माष्टमी मनाइरहँदा पाकिस्तानको सिन्ध प्रान्तमा भने एउटा हिन्दू मन्दिर तोडफोड गरिएको छ ।

पाकिस्तानबाट प्राप्त एएनआईको समाचारलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्, ‘कृष्णजन्माष्टमीको अवसरमा पाकिस्तानमा एउटा हिन्दू मन्दिरमा तोडफोड गरिएको छ ।’

पाकिस्तानी मानवअधिकार कार्यकर्ता राहत अस्टिनले आफ्नो ट्विटरमा सिन्धको संघार जिल्लाको खिपरुस्थित एउटा मन्दिरमा तोडफोड भएको उल्लेख गरेपछि उक्त खबर बाहिरिएको हो ।

भगवान श्रीकृष्णको जन्मदिनमा उनको अपमान गर्ने उद्देश्यले उक्त मन्दिर भत्काइएको भारतीय समाचारपत्रहरुले विश्लेषण गरेका छन् । पछिल्लो केही समयदेखि पाकिस्तानमा हिन्दू धर्मावलम्बी र उनीहरुका मठ मन्दिरमाथि नियोजित ढंगले आक्रमण र प्रहार हुने गरेको समेत बताइएको छ ।

तर, यसअघिका घटनाका सम्बन्धमा पाकिस्तान सरकारले दोषीउपर कारबाही गर्ने बताएको थियो ।

टिप्पणीहरू