घण्टाघर जीर्ण, सम्पदा संरक्षणमा सरकारी निकाय संकीर्ण
मुलुकको पहिचानसँग जोडिएको राजधानीको घण्टाघर सरकारी उदासीनताको कारण जीर्ण बन्दै गएको छ ।
२०७२ सालको भुकम्पनका कारण जुनसुकै बखत ढल्न सक्ने भएकाले तत्काल पुनर्निर्माण गर्न नेपाल विद्यार्थी संघले माग गरेको छ ।
घण्टाघर पुनर्निर्माणको निम्ति दबाब दिन आज उसले धर्ना कार्यक्रम राखेको छ । आज दिउँसो ३ बजेबाट नेविसंघको आयोजनामा धर्ना तथा दवाबमूलक कार्यक्रम राखेको हो ।
त्रिचन्द्र कलेज विद्यालय मात्र नभएको र यो मुलुकको अमूल्य सम्पदा र इतिहास भएकाले घण्टाघरको र पुनर्निमार्ण गर्न आज त्यहिँ प्रदर्शन र धर्ना लागिएको संघले जनाएको छ ।
टिप्पणीहरू