मास्क नलाई शहर छिर्न बन्देज
तपाईं मास्क नलगाई काठमाडौं उपत्यकाभित्र लुखुर लुखुर हिंड्दै हुनुहुन्छ ? अझैं त्रिविवि कीर्तिपुरको विद्यार्थी हुनुहुन्छ र मास्क विना कीर्तिपुर जाँदै हुनुहुन्छ भने फन्दामा पर्नुहुनेछ ।
कीर्तिपुर नगरपालिकाले मास्कविना सो पालिकाभित्र प्रवेश निषेध अभियान प्रारम्भ गरेको छ । कोरोनाका कारण अझै पनि उपत्यकाभित्र दैनिक सयौं संक्रमित हुने र दैनिक बीसौंको संख्यामा कोरोना भाइरसकै कारण ज्यान जाने श्रृंखला नरोकिएसँगै कोभिड १९ को दोश्रो लहरबाट नागरिकहरुलाई सतर्क गराउन सो नगरपालिकाले यस्तो अभियान थालेको हो ।
सो पालिकाका मेयर रमेश महर्जनका अनुसार,मानिसहरुको भीडभाड हुने स्थलमा जाँदा हरेक नागरिकले अनिवार्य रुपमा मास्क लगाउन् भन्ने उध्देश्यले यस प्रकारको अभियान सन्चालनमा ल्याइएको हो । उपमेयर सरस्वती खड्काले नगरपालिकाले ल्याएको यस अभियानलाई साथ दिएर कोरोना संकटबाट सबै नागरिकलाई आफू बच्न र अरुलाई बचाउन अपिल गर्नु भएको छ ।
कार्यक्रममा युनिसेफ,लायन्स क्लब अफ काठमाडौंलगायतका सामाजिक संघसंस्थाले मास्क बैंकमा मास्क उपलब्ध गराएका छन् । सो मास्क सबै वडाबाट निःशुल्क वितरण गर्ने व्यवस्था मिलाइएको कीर्तिपुर नगरपालिकाले जनाएको छ ।
टिप्पणीहरू