क्षती पुर्तिको माग सहित विरोध कार्यक्रम

क्षती पुर्तिको माग सहित विरोध कार्यक्रम

काठमाण्डौमा वाढिले क्षति गरेको भन्दै क्षती पुर्तिको माग सहित विरोध कार्यक्रम सुरु भएको छ ।

काठमाण्डौ महानगरपालीका १३ टङकेस्वरका जनता वाढिले गरेको क्षति विरुद्ध आन्दोलित भएका हुन । राज्यले नदि वहाव क्षेत्र र ढलको उचित व्यवस्था नगरेकोले आफ्ना घरमा क्षति पुगेको भन्दै स्थानिय आन्दोलित भएका हुन ।

समाचार तयार पार्दासम्म स्थानिय वासिहरु टङकेस्वर आसपासमा सडक अवरुद्ध गरेर धर्नामा वसिरहेका छन । आन्दोलरत स्थानियले अहिले यतायातअवरुद्ध गरीरहेका छन ।

टिप्पणीहरू