एमसीसीविरुद्ध अमेरिकी दूतावासमा प्रदर्शन, शान्तिबाटिकामा पनि विरोध

एमसीसीविरुद्ध अमेरिकी दूतावासमा प्रदर्शन, शान्तिबाटिकामा पनि विरोध

केही दिनयता अमेरिकी सहयोग संस्थान मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीविरुद्ध आवाज उठ्दै आएका छन् ।

एमसीसीका केही बुँदा राष्ट्रघाती रहेको भन्दै जनस्तरबाट नै यसको विरोध हुँदै आएको छ । एमसीसी पास भयो भने नेपाल दोस्रो अफगानिस्तान बन्न रत्तिभर समय लाग्दैन भन्नेहरू पनि छन् ।

सोहीअनुरुप आज नेकपा क्रान्तिकारी माओवादी वैद्यको भातृ संगठन अनेरास्ववियु क्रान्तिकारीले अमेरिकी दूतावासअगाडि प्रदर्शन गरिरहेको छ । त्यस्तै,एमसीसीकै विरोधमा नेपाल मजदुर किसान पार्टीले दिउँसो ३ बजे शान्तिबाटिकामा प्रदर्शन र कोण सभा गर्ने बताइएको छ ।

टिप्पणीहरू