खनालको निर्वाचन क्षेत्रका दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधि एकीकृत समाजवादी

खनालको निर्वाचन क्षेत्रका दुई पालिका प्रमुखसहित ५६ जना जनप्रतिनिधि एकीकृत समाजवादी

झलनाथ खनालको निर्वाचन क्षेत्रमा पर्ने सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राई र माइजोगमाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईसहित जिल्लाका ५६ जना स्थानीय तहका जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् ।

सूर्योदय नगरपालिकामा एमालेबाट निर्वाचित उपप्रमुख र एक जना वडाध्यक्ष बाहेकका ४३ जनाले समाजवादीमा रहने गरी सनाखत गरेका छन् । देउमार्ई नगरपालिकाका एक जना वडा सदस्य हेम लिम्बू र इलाम नगरपालिका, माङसेबुङका एक सदस्य समेत खनाखत गर्ने ५६ जना रहेको बताइएको छ ।

सनाखत गर्नेहरुको पूर्ण विवरण भने आइसकेको छैन । यसअघि नै प्रदेश सांसद खिनु लङ्वाले समाजवादीमा रहने गरी हस्ताक्षर गरिसकेकी छन् ।

टिप्पणीहरू