गृहको धम्कीपुर्ण विज्ञाप्ति विरुद्ध उत्रियो जनमुक्ती सेना नेपाल

गृहको धम्कीपुर्ण विज्ञाप्ति विरुद्ध उत्रियो जनमुक्ती सेना नेपाल

नेपाल सरकारको गृह मन्त्रालयले भाद्र १८ गते जारी गरेको विज्ञप्ति विरुद्ध पुर्व जनमुक्ती सेना नेपाल उत्रिएको छ । बिदेशी मित्र राष्ट्रहरुको सहयोगमा संचालित आयोजनाका बारेमा नकारात्मक टीका टिप्पणी नगर्न र मित्र राष्ट्रहरुको बिरोध गर्नेलाई सूक्ष्म निगरानी गरीने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेको बिषयलाई लिएर निकालिएको विज्ञप्ति धम्कीपुर्ण रहेको बताउँदै बहिर्गमित जनमुक्ती सेना नेपालले गम्भीर ध्यानाकर्षण गराएको हो ।

राष्ट्रीय स्वाधीनताको पक्षमा आवाज उठाउने देशभक्त नागरिकहरुलाई त्रसित पार्ने गरि आएको धम्किबारे जनमुक्ती सेना नेपालको घोर भत्सर्ना रहेको पनि बताइएको छ । विज्ञप्ति जारी गर्दै संगठनले यसरी लोकतन्त्रको हत्या गर्दै आम नागरिकहरुलाई बोल्नबाट बंचित गराउनु निरंकुशता भएको विज्ञप्तीमा जनाइएको छ । राष्ट्रघाती एमसीसी षड्यन्त्र पुर्ण ढंगले पास गराउने खेलमा लागेमा जनमुक्ती सेना चुप लागेर नबस्ने र एमसिसी पास गराउन भुमिका खेल्ने सांसदहरुको पहिचान गरि क्षेत्र– क्षेत्रबाट भ्याकुर लखटे झै लखट्ने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बहिर्गमित जनमुक्ती सेना नेपालका प्रबक्ता तथा उपाध्यक्ष राजन थापा (सुवास) द्धारा जारी विज्ञप्तिमा सबै नागरिकहरु राष्ट्रको पक्षमा उभिएर निरन्तर रुपमा न्यायको पक्षमा र राष्ट्रघाती एमसीसी खारेजिको अभियानमा सहभागी हुँदै दलालहरुको धम्कीबाट नडराई प्रतिबाद गर्दै अगाडि बढ्न समेत आग्रह गरिएको छ

टिप्पणीहरू