सुर्खेतमा पनि एमाले छाड्ने, एकीकृत समाजवादीमा जोडिने निस्किए

सुर्खेतमा पनि एमाले छाड्ने, एकीकृत समाजवादीमा जोडिने निस्किए

सुर्खेतका १५ जना एमालेबाट निर्वाचित जनप्रतिनिधिले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका छन् । उनीहरुले आज जिल्ला निर्वाचन कार्यालय, सुर्खेतमा पुगेर एकीकृत समाजवादी पाटी रोजेका हुन् ।

नयाँ दल रोज्नेमा ५ जना वडा अध्यक्ष रहेका छन् भने एकजना कार्यपालिका सदस्य र अन्य ९ जना वडा सदस्य रहेको निर्वाचन कार्यालय,सुर्खेतले जनाएको छ । वीरेन्द्रनगरका तीन, पञ्चपुरी नगरपालिका र चौकुने गाँउपालिकाका एक एक जनाले एकीकृत समाजवादी रोजेका हुन् ।

जनप्रतिनिधिहरुले निर्वाचन कार्यालयमा पुगेर दल रोजेको कार्यालयका सूचना अधिकारी निर्मला रेग्मीले जानकारी दिनुभएको छ । आयोगले तोकेको समयको अन्तिम दिनमा जनप्रतिनिधिहरु कार्यालय पुगेर दल रोजेका हुन् ।

राजनीतिक दलसम्बन्धी नयाँ अध्यादेश आएपछि विभाजित भएका एमाले र जसपाका जनप्रतिनिधिले दल रोज्ने समयावधी आज सकिएको छ । प्रदेश र पालिकाका जनप्रतिनिधिलाई आयोगले दल रोज्न गत भदौ २ गतेदेखि आजसम्मको समयसीमा दिएको हो ।

यसैबीच कर्णालीका तीन जना सांसदले पनि नेकपा एकीकृत समाजवादी रोजेका छन् ।

टिप्पणीहरू