पुरानो बानेश्वरमा नक्कली बम

मातृका आई सेन्टर,पुरानो बानेश्वरको शौचालयमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिएको छ । नेपाली सेनाको टोलीले उक्त वस्तु डिस्पोज गरेको हो ।

सर्वसाधारणलाई आतंकित पार्ने उध्देश्यले राखिएको शंकास्पद वस्तु बम नभएको टोलीका क्याप्टेन सन्दिप थापाले जानकारी दिए । क्याप्टेन सन्दिपले यसबारे थप अनुसन्धान भने जारी रहने बताए ।

टिप्पणीहरू