प्रधानमन्त्रीको जिल्ला र वडामा बाझाबाझ

प्रधानमन्त्रीको जिल्ला र वडामा बाझाबाझ

प्रधानमन्त्री तथा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा विवादकाबीच वडा अधिवेशन शुरु भएको छ । डडेलधुरामा जिल्ला सभापति कर्णबहादुर मल्ल र केन्द्रीय सभापति देउवाबीच विवाद रहेको बताइएको छ ।

जिल्ला सभापति मल्ल समूहले बहिष्कार गरेपछि देउवा समूहले एक्लौटी रुपमा अधिवेशनहरु गरेको काँग्रेस डडेलधुराका एक जना नेताले जानकारी दिएका छन् ।

प्रधानमन्त्री देउवाको गृह जिल्लामा भएको काँग्रेस वडा अधिवेशनमा रमाइला दृष्यहरु पनि देखिएका छन् । सदरमुकामसमेत रहेको अमरगढी नगरपालिकाको वडा नम्बर ५ मा प्रहरी राखेर अधिवेशन थालिएको छ ।

जिल्ला सभापति कर्णबहादुर मल्लका अनुसार उक्त वडामा काँग्रेसका ११ जना मात्रै क्रियाशील सदस्य उपस्थित छन् । उक्त वडामा काङग्रेसका ३ सय ३६ क्रियाशील सदस्य रहेको मल्लले जानकारी दिएका छन् । तीन सयभन्दा बढी क्रियाशील सदस्य रहेको उक्त वडामा देउवा समर्थक जम्मा ११ जना मात्र रहेको पनि मल्लले बताएका छन् ।

मल्ल भन्छन्, ‘११ जनाको उपस्थितिमा अधिवेशन चलिरहेको छ । ११ जनाको सुरक्षाका लागि २५ जना प्रहरी तैनाथ गरिएको छ । अहिले साविकका वडा सभापतिको जानकारी विना अधिवेशन थालिएको छ । अधिवेशनस्थलमा कसैलाइ छिर्न दिइएको छैन ।’

टिप्पणीहरू