मान्छे पोल्ने पूर्वमन्त्रीको मुध्दा फेरि धकेलियो

मान्छे पोल्ने पूर्वमन्त्रीको मुध्दा फेरि धकेलियो

नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफ्ताव आलमको मुद्दा हेर्न नमिल्ने हुँदा पेसी सरेको छ । रौतहट बम बिस्फोट र २४ जना घाइतेलाई जिउँदै इट्टा भट्टाभित्र पोलेको अभियोगमा जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि नख्खू जेलमा रहेका कांग्रेस सांसद आलमको मुध्दा आज न्यायाधीशद्वय दीपककुमार कार्की र हरिप्रसाद फुयालको इजलासमा पेसी तोकिएको थियो। तर,मुद्दा हेर्न नमिल्ने हुँदा सुनुवाइ सरेको हो ।

यस्तै आजसम्म गरी छैटौं पटक पेसी तोकिएर कुलमान घिसिङको मुध्दा स्थगित भएर फेरि पेसी सरेको छ । घिसिङको नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा गरिएको नियुक्ति बदर र आफ्नो थमौतीको माग गर्दै हितेन्द्रदेव शाक्यले दायर गरेको मुद्दा आज पनि स्थगित भएको हो ।

यसअघि यो मुध्दा ५ पटक सरिसकेको छ । गत आइतबारमात्र प्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबराको इजलासमा पेशी तोकिएर सो दिन पनि स्थगित भएको थियो ।

शुक्रवार पनि कुलमान विरुद्धको मुध्दा प्रधान्यायाधीश जवराले आफ्नै बेञ्चमा इजलाश तोक्नुभएकोमा कानुन व्यवसायीको अनुरोधमा सुनुवाइ स्थगित भएको हो । यो समेत गरी कुलमानविरुध्द मुध्दाको पेसी तोकिएर सातौं पटकलाई सरेको छ ।

टिप्पणीहरू