एमसीसी र सभामुखविरुद्ध एमाले अखिलको प्रदर्शन

एमसीसी र सभामुखविरुद्ध एमाले अखिलको प्रदर्शन

काठमाण्डौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य क्याम्पसमा अमेरिकी सहयोग परियोजना एमसीसी र सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध उग्र प्रदर्शन गरिएको छ ।

नेकपा एमाले निकट अनेरास्ववियुको आरआर क्यामपस इकाइ कमिटीको आयोजनामा प्रदर्शन भएको हो । प्रदर्शनमा एमसीसी चाहिँदैन, देश बेच्न पाईंदैन, हत्यारा सभामुख राजीनामा दे, प्रचण्डको हलिया मुर्दावाद जस्ता उग्र नाराहरु लगाइएका थिए ।

प्रदर्शनीकारीले अन्तमा एमसीसी सम्झौता जलाएका थिए ।

टिप्पणीहरू