प्रेमिकाको अश्लिल फोटो र भिडियो सामाजिक सञ्जालमा छरपष्ट

प्रेमिकाको अश्लिल फोटो र भिडियो सामाजिक सञ्जालमा छरपष्ट

 

दोलखाका एक जना युवाले आफ्नै केटी साथी (प्रेमिका) को अश्लिल फोटो र भिडियो सामाजिक सञ्जालमा छरपष्ट पारेका छन् । सामाजिक सञ्जालमा फोटो र भिडियो दुरुपयोग गरेको अभियोगमा ती युवक पक्राउ पनि परेका छन् ।

प्रहरीले दोलखा बैतेश्वर गाउँपालिका ८ का काठमाडौं, टोखा धनेश्वर बस्ने २३ वर्षीय सुजन जिरेललाई उक्त अभियोगमा पक्राउ गरेको हो ।

आफ्नी प्रेमिकासँग प्रेम सम्बन्धमा रहँदा खिचिएका अश्लिल फोटो तथा भिडियोहरू विवादपछि उठेको रिस थाम्न नसकेर सामाजिक सञ्जालमा पोस्ट गरेको जिरेलले बताएका छन् । उनले प्रेमिकाको मोबाइल खोसेर फोटो र भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेको बताएका छन् ।

काभ्रेपलाञ्चोक, पाँचखालमा लुकिछिपी बसेको अवस्थामा महानगरीय अपराध महाशाखा मीनभवनबाट खटिएको प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय काभ्रेसँगको समन्वयमा पाँचखालबाट पक्राउ गरेको हो ।

उनलाई विद्युतीय कारोवार ऐनअन्तर्गतको कसूरमा आवश्यक कारबाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौंमा पठाइएको छ ।

टिप्पणीहरू