बाँकेमा बाघको आक्रमण,एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमण,एक जनाको मृत्यु

बाँकेमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बाँके राष्ट्रिय निकुञ्जमा रहेको पाटेबाघले राप्तीसोनारी गाउँपालिका वडा नम्बर १, गाभरमा रहेको एक होटलमा काम गर्ने मजदुरलाई आक्रमण गरेको हो ।

स्थानीय भेरी राप्ती स्टाफ होटलमा काम गर्ने अन्दाजी ४५ वर्षका व्यक्तिको बाघको आक्रमणबाट ज्यान गएको निकुञ्जका वार्डेन श्यामकुमार साहले पुष्टि गर्नुभयो ।

केही दिनदेखि होटलमा काम गरिरहेका भारतीय मूलका व्यक्ति हिजो बेलुकीदेखि हराएका थिए । उनको आज निकुञ्जभित्र एउटा खुट्टामात्र भेटिएको वार्डेन साहले बताउनुभयो ।

बाँके राष्ट्रिय निकुञ्जमा २१ वटा पाटेबाघ छन् । केही दिनयता त्यस क्षेत्रमा बाघ देखा पर्दै आएको स्थानीयले बताएका छन् । दुई दिन अघि मात्र बाघले गाउँमा बाख्रा र गाईको बाच्छा मारेको थियो ।

यसैबीच बर्दियामा पनि बाघले मानिसलाई आक्रमण गर्ने क्रम बढेको छ । अघिल्लो आर्थिक बर्षमा मात्रै बर्दियामा बाघको आक्रमणबाट १२ जनाले ज्यान गुमाएका थिए ।

टिप्पणीहरू