सिरहामा २ जना भारतीयले ५ लाखको चाँदी बोके

सिरहामा लहानबाट भारततर्फ अवैध रुपमा लान खोजिएको ठूलो परिमाणको चाँदी फेला परेको छ । चाँदी भारततर्फ लैजान खोजेको आरोपमा सिरहा प्रहरीले दुई भारतीय युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको खुटौना ग्रामपञ्चायतका ३५ वर्षीय रवि महतो र ४० वर्षीय पिन्टु महतो हुन् । प्रहरीका अनुसार उक्त चाँदीको मूल्य झण्डै पाँच लाख बराबरको छ ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरुको साथबाट उक्त चाँदी फेला परेको बताइन्छ ।
टिप्पणीहरू