वाइसीएलको कार्यालयमा दलितको कार्यक्रम

वाइसीएलको कार्यालयमा दलितको कार्यक्रम

नेपाल दलित मुक्ति मोर्चाको काठमाडौं महानगरीय भेला सकिएको छ । मिनभवनस्थित नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन वाइसीएलको कार्यालयमा भएको मोर्चाको भेला सकिएको छ ।

मोर्चाको काठमाडौं महानगर भेला आयोजक कमिटीले आयोजना गरेको कार्यक्रम आयोजक कमिटीका अध्यक्ष फत्तेमान परियारको सभापतित्वमा भएको बताइएको छ ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्ला संयोजक हिमाल शर्माको प्रमुख आतिथ्य, नेपाल दलित मुक्ति मोर्चा केन्द्रीय कार्यालय सदस्य शंकर दुलालको विशेष आतिथ्य एवम् सदस्य डा. वुद्धि नेपाली लगायतको उपस्थिति रहेको जानकारी दिइएको छ ।

भेलाले वुद्धिलाल विकको अध्यक्षतामा ३७ सदस्यीय कमिटी गठन गरेको छ । जसमा शिवराम अछामी, रविकुमार सुनार, गोपाल राम, अनिस परियार, रामकृष्ण अछामी, शोभा परियार, रामकुमार विक, सुभास बलामी, राजेन्द्र उपर्कोटी, लालबहादुर विक, सुभाष बराइली, रञ्जना रम्तेल, रमेश विक, राजनकुमार दर्जी, किरण रसाइली, सावित्री रसाइली, गोविन्द परियार, लक्ष्मण विकलगायत छन् ।

टिप्पणीहरू