विश्वकर्मा पूजाको विवादमा हत्या

विश्वकर्मा पूजाको विवादमा हत्या

महोत्तरीमा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोनमा गाउँपालिका २ तरारी बस्ने ५५ वर्षीय रामप्रसाद यादवको कुटपिटपछि भएको हत्या अभियोगमा स्थानीय ३५ वर्षीय मलेसी सदा र २६ वर्षीय नथु सदा पक्राउ परेका छन् ।

विश्वकर्मा पूजाको मेलामा भएको विवादमा दुई पक्षबीच कुटपिट हुँदा बेहोस भएका यादवको घर ल्याउने क्रममा मृत्यु भएको बताइएको छ । उता, नवलपरासी पश्चिममा कुटपिट गरी हत्या गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पाल्हिनन्दन गाउँपालिका १, रामपुरुवा बस्ने ३० वर्षीय जनिस चमारलाई आफ्नै ४५ वर्षीय बुवा सिता रविदास चमारले कुटपिट गर्दा मृत्यु भएको बताइएको छ ।

मादक पदार्थ सेवनपछि मुक्का प्रहार गर्दा गम्भीर घाइते भएका जनिसको चन्द्र अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले रविदासलाई नियन्त्रणमा लिएको छ ।

महेश बस्नेतको गाउँमा खुर्पा प्रहार

एमाले नेता महेश बस्नेतको गाउँमा खुर्पा प्रहारबाट एक जना घाइते भएका छन् । मादक पदार्थ सेवन गरेर खुर्पा प्रहार गरेपछि भक्तपुर सूर्यविनायक नगरपालिका ७, गुण्डु सोमेडाँडा बस्ने २३ वर्षीय तीर्थबहादुर तामाङ गम्भीर घाइते भएका हुन् ।

खुर्पा प्रहारपछि मध्यपुर अस्पताल पुप्याइएका तामाङलाई थप उपचारको निम्ति शिक्षण अस्पताल महाराजगञ्ज रिफर गरिएको छ । बोल्न नसक्ने अवस्थामा रहेका तामाङको अवस्था खतरमुक्त नभइसकेको बताइन्छ ।

खुर्पा प्रहार गर्ने ३० वर्षीय थरई तामाङलाई भने प्रहरीले हाल नियन्त्रणमा लिएको छ ।

किशोरकिशोरीले ओसार्न थाले लागुऔषध

भारतीय सीमा क्षेत्रबाट लागुऔषध ओसारपसार कार्यमा किशोरकिशोरीको संलग्नता बढेको छ । त्यहि क्रममा ९ ग्राम ब्राउन सुगरसहित एकजना समातिएका छन् ।

पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका, ४ राईसिंगका १८ वर्षीय किशोर रहेको बताइएको छ । प्रहरी चौकी बाहुनडाँगी र स्थानीय बिओपीबाट खटिएको संयुक्त प्रहरी टोलीले जाँच गर्ने क्रममा उनलाई उक्त पदार्थसहित फेला पारेको बताइएको छ ।

उता, पोखरामा झण्डै २ केजी अवैध लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग.१ ख ९६२१ नम्बरको गाडीलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा गाडीमा सवार एकजना किशोर गाँजासहित फेला परेका हुन् ।

पक्राउ परेका किशोर पोखरा महानगरपालिका–१०, रामबजार बस्ने १८ वर्षीय हुन् ।

टिप्पणीहरू