शरीरमा २२ लाख रुपैयाँ भेटिएपछि पुलिसले लग्यो

शरीरमा २२ लाख रुपैयाँ भेटिएपछि पुलिसले लग्यो

कपिलवस्तुमा एक युवकले शरीरमा लुकाएर राखेको झन्डै २३ लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ । श्रोत नखुलेको २२ लाख ९१ हजार ८ सय रुपैयाँसहित २२ वर्षीय जीवनप्रसाद भुसाल फन्दामा परेका हुन् ।

कृष्णनगर नगरपालिका-२ बसपार्कमा शंकास्पद अवस्थामा हिँडिरहेका उनलाई ईलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएका प्रहरीले चेकजाँच गरेको थियो । जाँच गर्ने क्रममा उनको झोला र शरीरबाट उक्त रकम फेला परेको प्रहरीले बताएको छ ।

पक्राउ पर्ने भुसाल बुद्दभूमि नगरपालिका-९ धमौलीका हुन् । प्रहरीका अनुसार उनलाई आवश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल रुपन्देही पठाइएको छ ।

टिप्पणीहरू