प्राइम कमर्सियल बैंक लिमिटेडको शाखा तारकेश्वरमा



प्राइम कमर्सियल बैंक लिमिटेडले शाखा संजाल बिस्तारको क्रममा काठमाडौंको तारकेश्वर नगरपालिकामा नया शाखाको शुभारम्भ गरेको छ । यस शाखाको संचालन पछि बैंकको शाखा कार्यालय संख्या ६८ पुगेको छ ।

स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थितिमा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठले शाखा कार्यालय तारकेश्वरको समुद्घाटन गर्नु भयो ।



साथै बैंकले निक्षेपकर्ता तथा ग्राहकहरुलाई प्रदान गरिने सेवालाई थप गुणस्तरीय बनाउन आफ्नो सेवालाई थप चुस्त,आत्मीय र ग्राहकमुखी बनाउने लक्ष्य लिएको छ ।

टिप्पणीहरू