बैंकर्स संघमा नयाँ अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरू निर्विरोध

बैंकर्स संघमा नयाँ अध्यक्ष, उपाध्यक्षसहित सदस्यहरू निर्विरोध
सुन्नुहोस्

नेपाल बैंकर्स संघको अध्यक्षमा माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला चुनिएका छन् । संघको ३८औँ वार्षिक साधारणसभाले अध्यक्षसहित उपाध्यक्ष र तीनजना सदस्य निर्वाचित गरेको छ ।  

अध्यक्षमा निर्विरोध निर्वाचित कोइराला यसअघि संघको उपाध्यक्ष थिए । रिक्त उपाध्यक्षमा ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीसहित सदस्यहरुमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ, कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डेयलाई निर्विरोध निर्वाचित भएका छन् ।

संघमा प्रभु बैंकका अशोक शेरचन, सानिमा बैंकका निश्चलराज पाण्डे, प्राइम कमर्सियल बैंकका सञ्जीव मानन्धर, सिद्धार्थ बैंकका सुन्दरप्रसाद कँडेल पनि सदस्य छन् । निवर्तमान अध्यक्ष सुनील केसी पदेन सदस्य, पूर्वअध्यक्षहरू अशोकशमशेर जबरा र ज्ञानेन्द्र ढुंगाना सल्लाहकार छन् ।

टिप्पणीहरू