भटाभट कस्तुरी मार्न थालियो,एउटा दाँतको एक हजार

भटाभट कस्तुरी मार्न थालियो,एउटा दाँतको एक हजार

संरक्षित क्षेत्रमै वन्यजन्तुको चोरी शिकारी हुन थालेको छ । पछिल्लो पटक जाजरकोटको बारेकोट गाउँपालिकामा लोपोन्मुख तथा दुर्लभ वन्यजन्तु कस्तुरी धमाधम मारिदैछन् ।

उक्त क्षेत्रमा हालै मात्र चार वटा कस्तुरी मारिएका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषबाट संरक्षण प्रस्ताव गरिएको बारेकोट गाउँपालिकामा चार वटा कस्तुरी मारिएको तथ्य बाहिर आएको छ ।

जुम्लाका व्यापारीले बारेकोटका स्थानीयबासीसँग मिलेर कस्तुरीलाई पासोमा पारी मारेको अनुसन्धानबाट खुलेको छ । उनीहरुले कस्तुरी मारेर अन्य अंग महँगोमा र एउटा दाँतको एक हजार रुपैयाँका दरले बिक्री गर्ने गरेको पाइएको छ ।

टिप्पणीहरू