​पुजना अन्ततः स्त्रीबाट परिवर्तन

नागरिकताका लागि बाबु फेर्ने र पैसाका लागि जात र थर नै सच्याउने नायिका हुन् पुजना प्रधान । कुनै समय  प्रतिबन्धित नेटवर्क व्यवसाय हर्बो इन्टरनेशनलका सञ्चालक रामेछापका पुष्पराज पौडेलसँग जोडिएकी र उनकै निकटताका कारण नायिका, निर्मात्री हुँदै उनी पुजना स्त्री बनिन् । 

जब मल्टिप्रपोज व्यवसायमाथि प्रतिबन्ध लाग्यो तब पुष्पराजहरू सडकमै पुग्नेगरी पछारिए । उनी शून्यमा झरेपछि पुजना प्रधानमा फर्किइन् । कुनै दिन ठमेलको डान्सबारमा नाच्ने, गल्कोपाखाको सुकुम्बासी बस्तीमा बसोबास गर्ने पुजनालाई राम्रोसँग थाहा छ कि, काठमाडौंमा बाँच्नलाई के के गर्नुपर्छ ? यस्तै क्रममा फेला परिन् सुपर मम व्युटी । जज बस्दा आर्थिक चलखेल गरी ताज पहि¥याइन् । प्रतिस्पर्धीको आरोप छ, पैसाको चलखेलमा धन्यवादसम्म शुद्धसँग लेख्न नजान्नेलाई सुपर मम ब्युटी पेजेन्टको उपाधि भिराइयो । २९ वैशाखमा प्रज्ञा प्रतिष्ठानमा यस्तो प्रतियोगिता आयोजना भएको थियो । १६ प्रतिस्पर्धी सहभागी थिए । जसमा एमी कर्माचार्यलाई प्रथम बनाइयो ।

प्रतियोगीले आयोजकले धाँधलीपूर्ण, अपमानजनक व्यवहार र पक्षपाती ढंगले निर्णय गरेको आरोप लगाएका छन् । बाला राईलाई तेस्रो बनेको र प्रश्नपत्र पहिल्यै आउट गरिएको उनीहरूको आरोप छ । 

स्रष्टाको संकलन सुटुक्क
स्रष्टाको २७ लाख हिनामिना प्रकरणमा मुछिएका छन् सुरेश अधिकारी, महेश खड्का र लोकराज अधिकारी केरकारमा परे आइतबार कमलादीमा । हिसाबकिताब खोज्न भेला भएका थिए यादव खरेल, दिनेश अधिकारी, राजेन्द्र थापा र लक्ष्मण शेष । 

विद्वत्हरूले रोयल्टी संकलन समाजले ‘गाई मारेर गधा पोसेको’ भन्दै चर्काे आलोचना गरे । लक्ष्मण शेषले एक÷एक पैसाको हिसाबकिताब खोजेपछि संस्थाका पूर्वकोषाध्यक्ष (पत्रकारसमेत) रहेका लोकराज अधिकारी टक्टकिन खोजे ‘म साहित्यको विद्यार्थी, साहित्य अलिअलि बुझ्छु । गीत/संगीत अलिअलि बुझ्छु तर यो एकाउन्ट कहाँ छल्या बुझ्दिनँ ।’ उपाध्यक्षको हैसियतले बोलिरहेका सुवास रेग्मीले लाचारी पोखे, ‘कार्यसमितिको मर्यादा एकातिर छ, संस्थागत मर्यादा अर्कैतिर । म आफैं धर्मसंकटमा छु ।’ त्यसपछि बोल्ने पालो थियो संगीतकार लक्ष्मण शेषको । उनी पड्किन थाले, ‘यहाँको भ्रष्टाचारसम्बन्धी एक एक प्रमाण पेश गर्न सक्छु । पाइ–पाइको हिसाब चाहिन्छ, स्रष्टाको पैसामा तर मार्न पाइन्न ।  

संगीतकार लक्ष्मण शेषले बोल्दै गर्दा हलबाट गडगडाहट ताली बज्यो पछि प्रमोद खरेल, शिव परियार, सत्यराज आचार्यहरूले एकेडेमीबाहिर जम्मा भई थप आक्रोश पोखे । 

भेलाले आर्थिक हिनामिना प्रकरणमा मुछिएका दोषीलाई कारबाही गर्न रजिस्ट्रारको कार्यालयमा लेखी पठाउने, वर्तमान कार्यसमितिद्वारा आर्थिक गतिविधि नियमनका लागि चूडामणि देवकोटाको संयोजकत्वमा लक्ष्मण शेष र शान्तिराम राई सम्मिलित समिति गठन गर्ने निर्णय गरेको छ ।

टिप्पणीहरू