नाबालिका मारेको अभियोगमा दम्पत्ति पक्राउ

नाबालिका मारेको अभियोगमा दम्पत्ति पक्राउ

मोरङ प्रहरीले ज्यान मारेको अभियोगमा रंगेलीबाट एक दम्पत्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रंगेली नगरपालिका–२ का ४६ वर्षीय सैनी उराउ र ३५ वर्षीया संगिता उराउ हुन् । दुबैविरुद्ध रंगेली नगरपालिका–२ का चन्द्र उराउको २१ महिनाकी छोरी युनिसा उराउलाई मारेको अभियोग लागेको छ ।

उनीहरुले जानाजान नाबालिकाको ज्यान मार्ने कसुर गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । मंसिर २६ गते युनिसा उराउ घरबाटै हराइ बेपत्ता भएकी थिइन् । खोजतलासको क्रममा मंसिर २८ गते नाबालिकाको शव घर नजिकैको पैनीमा गाडिएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

तर नाबालिका उराउलाइ मार्नुपर्ने कारण अझै स्पष्ट हुन सकेको छैन । पक्राउ परेका दुबै जनाविरुद्ध कर्तव्य ज्यान कसुरमा म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

टिप्पणीहरू