​माडका नाममा जाँडको व्यापार

  • संकेत कोइराला

एउटा गाउँमा बुद्धिचालका प्रकाण्ड खेलाडी रहेछन् । प्रसिद्धि गाउँदेखि शहरसम्म पैmलिएको थियो । आफ्नो इलाकामा कसैले पनि हराउन नसक्ने भएकै कारण उनमा घमण्ड पलाएको थियो । घमण्डले चुर उनले आफ्नो घरको मूलढोकामै लेखेका थिए– बुद्धिचाल बादशाह ।
एकदिन अर्को गाउँका कुनै अपरिचित बटुवा झमक्क रात पर्नै लाग्दा लंगडो घोडा डो¥याउँदै आइपुगे र बुद्धिचालका महारथीसँग आपूm बुद्धिचाल खेल्न इच्छुक रहेको बताए । आपूm जो पायो त्यही सँग खेल खेल्न नचाहेको भन्दै तिनले कुनै बाजी राखे मात्र खेल्न तयार रहेको शर्त तेस्र्याए । बटुवाले आफूसँग बिरामी घोडाबाहेक केही नभएको तर बुद्धिचाल खेल्ने ठूलो इच्छा भएकाले बाजीमा त्यही घोडा राख्ने अड्डी लिए । खेलाडी राजी भए । खेल शुरु भयो । नभन्दै ५, ७ चाल नचल्दै बटुवा हारे । घोडा महारथीलाई बुझाएर बाटो लागे । यता बुद्धिचाल महारथी बिरामी घोडाको उपचार गरेर त्यसलाई आफ्नो काममा लगाउन थाले । केही दिनपछि बटुवा त्यही गाउँ हुँदै फर्किए । आपूm हारेमा सयवटा सिक्का दिने र जितेमा आफ्नो घोडा फिर्ता लिने शर्तमा बादशाहलाई खेल्न राजी गराए । 

यसपटक भने ४, ५ चाल चल्नेबित्तिकै बुद्धिचाल बादशाह नराम्ररी हारे । ती बटुवा कुनै साधारण खेलाडी नभई अत्यन्त निपूर्ण र प्रतिभाशाली खेलाडी भएको थाहा पाएपछि उनलाई सबैले अघिल्लो पटक हार्नुको कारण सोधे । बटुवाले बेलिबिस्तार लगाए, ‘पहाडभन्दा ठूलो अर्को पहाड, आकाशभन्दा बाहिर अर्को आकाश हुन्छ । त्यसैले घमण्ड गर्नु हुँदैन । अघिल्लो पटक हिँड्ने क्रममा मेरो घोडा बिरामी भयो । त्यसैले यसको निःशुल्क उपचार र हेरचाह गराउनका लागि मात्र मैले यस्तो चाल चलेको थिएँ ।’

महाभारतको विध्वंशकारी लडाइँको केन्द्रविन्दु अन्ततः सत्ता नै थियो । तर, जब महाभारत सकिएर सत्ताको साँचो पाण्डवहरूको हातमा पुग्यो, त्यसपछि पाण्डवहरूलाई वैराग्यले सताउन थाल्यो । पाण्डवहरूका अग्रज युधिष्ठिर सत्ता सम्हाल्ने हैन, बरु धर्मभीरु भएर सन्न्यासी बन्ने तर्खरमा लाग्न थाले । महाभारतका डन कृष्ण इहलीलाको बाटो खोज्न थाले । अर्जुन आफूले यी सारा कर्म दाजुका लागि गरिदिएको भनेर पन्छिए । युद्ध जितेको भन्दा छोरो कर्ण आफ्नै सन्तानको हातबाट मारिएको पीडाले कुन्तीलाई उठी सुख न बसी सुख पारेको थियो । लडाइँका नियम मिचेर हात पारिएको त्यो सत्तामा कसैको मोह देखिएन । आत्मग्लानिले सबै मरिच चाउरिएभैंm भएका थिए । संविधानसभा निर्वाचनबाट पहिलो र दोस्रो दलमा बढुवा भएका कांग्रेस–एमालेको हकमा पनि अहिले पाण्डवकै नियति दोहोरिएको छ । 

बितेको एक दशक प्रचण्डले बजाएको डमरुको तालमा मारुनी नाचेका प्रमुख राजनीतिक दललाई अहिले प्राप्त हैसियत थाल खाउँ, न भात खाउँ जस्तै भएको छ । मै हुँ भन्ने राग जोगाउनुपर्ने अर्कातिर प्रचण्डलाई बुझाएका सही छाप फिर्ता लिँदा राजनीतिक जालसाजी र किर्तेका थुप्रै मुद्दा बल्झिने भएकाले कांग्रेस–एमाले धर्म संकटमा छन् । एमाले–माओवादी एउटै पार्टी भनिए पनि त्यो तेल– पानीको मिलावट भन्ने तथ्य त्यही पार्टीका नेता, कार्यकर्ताले घाँटी घाँटीसम्म बुझेका छन् । ‘संघीयता’ नामक बुचेठेकीको धक्कु देखाएर प्रचण्ड माथि उल्लेखित बुद्धिचालको बादशाह बन्न मस्त छन् । कहिले संघीयता र गणतन्त्र आफ्नो जुम्ल्याहा सन्तान भनेर फुर्किन्छन् त कहिले यही उपलब्धिबाट तर्सिन्छन् । 

राजनीतिको खोल ओढेर उत्ताउलिनेहरूको पखेटा बारम्बार काटिएका उदाहरण छन् । जहाजमा तेल बोकेर जनताको टुकी बाल्ने दुस्साहसले मरिचमानलाई खायो । चोरी औंलो उठाएर ‘म नै राज्य हुँ’ भन्ने सोच पालेका गिरिजाप्रसाद जब गल्ती महसुस गर्ने अवस्थामा आए, त्यसपछि जीवनको उत्तराद्र्धमा मलामी बटुल्न सफल भए । प्रधानमन्त्री खान राइटर बाजे, लक्ष्मण खड्काको कुम कुममा पुग्नेदेखि लिएर ब्रह्मनालमा आमाको शव छोडेर मयलपोश सुरुवाल लाउन चम्किएका माधव नेपालले पटक–पटक राजनीतिमा हण्डर खाए । जब उनमा परिपक्वता आयो, गल्ती केस्रा केस्रा केलाएर आपैंmलाई सच्याए, आखिर फेरि माया पाए । इतिहासले लौहपुरुष बनेका गणेशमान परिवारलाई राजनीतिक ब्याज ख्वाउने कसरतमा लागेकैले जिन्दगीभर विरुवाबाट पानी हालेर बनाएको रूख छोडी अन्ततः हात्तीछापको वियोगान्त कथामा खुम्चिएर महायात्रामा लाग्नुप¥यो । नेपाल सिंगापुर बनाउँछु, जाँड खान संसद् जान लागेको भन्ने खालका सस्ता कुतर्क गर्दा साद्गी महापुरुष कृष्णप्रसाद भट्टराईको विराट व्यक्तित्वलाई अन्ततः विद्या भण्डारीको सेतो सारीले इतिहासको भट्टीमा गालिएको त्यो साखमा धावा बोल्यो । स्थानीय चुनावमा पार्टीको दरो उपस्थिति बनाएपछि आपूmलाई सिंह ठानेर पार्टी फुटाएका वामदेव आफ्ना कार्यकर्ता जति सवै माओवादीमा बुझाएर म्याउँ गर्दै माउ पार्टीमा फर्किए । डडेलधुराको रुवाखोलामा जन्मिएका शेरबहादुर नारायणहिटी धाउन थालेपछि ओढाइएको बाघको खोलको न्यानोले आफूलाई श्री ३ ठानेर के दल टुक्र्याएका थिए, ज्ञानेन्द्रले खोटा हानेपछि लागेको टुटुल्को सुम्सुम्याउँदै फेरि सानेपामा मिसिए । 

जनताको संगठन हुँदैन तर सबैको हिसाब किताब तिनीहरूले राखेका हुन्छन् । नेपाल सिंगापुरजस्तो हैन, नेपालजस्तै बनाउनुपर्छ भन्ने अकाट्य सत्य बुझेका जनताले किसुनजीका बोली हावामा उडाइदिए । नेपाललाई स्वीट्जरल्याण्ड बनाउन विकासको मूल फुटाउने कागजी बाघमा लागेका पञ्चहरूको छाता पञ्चायत नै सिल्टिमुर खायो । सलादजस्तो मिलेको समाजबाट फलपूmलका टुक्रा चुँडेर स्वार्थको रोटी सेक्नेहरू बढारिँदै जान थालेका छन् । धरहराभन्दा अग्लो बनाउन नसक्ने, धरहराको विरोध गर्न पनि नछाड्ने अतिवादीहरूका लागि राजनीति घाँटीमा अड्किएको हड्डीजस्तो हुन पुगेको छ । जिन्दगीभर पशुपति मन्दिर टेक्नुलाई महापाप भनेर बुझेका केपी ओली भारतीय प्रधानमन्त्रीलाई उपहार रुद्राक्ष र चन्दन बोकेर जान थालेका छन् । 

नेपालको राजनीतिक इतिहासमा राजा महेन्द्र र बीपीको जस्तो मेल अपवाद नै थियो । कतिसम्म भने अन्तर्राष्ट्रिय मञ्चहरूमा बोल्दा राजा आफ्ना प्रधानमन्त्रीको खुलेर प्रशंसा गर्थे । कतै गयो कि बीपी र पत्नी सुशीलालाई उपहार ल्याइदिन्थे । रानीले आफ्नै हातले पकाएको खाना ख्वाउन बीपी निम्त्याइन्थे । तर एकाएक त्यो सम्बन्ध यसरी बिग्रियो कि जसका कारण त्यसको पीडा सम्पूर्ण देशले भोग्नुपरेको छ । दुई शक्तिलाई लडाएर नेपाली मनोविज्ञानमा खेल्ने देशी विदेशीले पुरै देशलाई अवनतिको गर्तमा पु¥याए । 

भूगोल फरक भए पनि मानिसको बचाइको सारवस्तु उही हो । भान्सामा पाक्ने पदार्थ उही हो । सामाजिक सञ्जाल र इन्टरनेटको आँगन एउटै हो । साँझ बढेकी छोरी घर नफर्कंदा एउटा सामान्य नागरिकलाई जति पोल्छ, बाराक ओबामालाई पनि उतिनै पोल्छ । अमेरिकी पूर्व राष्ट्रपति जर्ज बुस जाँड र मासुको कुलतले आफूलाई बर्बाद बनाएको स्वीकार्छन् । वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प जाँड खाने भएको भए आफू संसारकै कुरूप पुरुष हुने कल्पना गर्छन् । 

नेपाली समाजमा रामको गाथा गाउनेको संख्या धेरै छ । तर तिनै रामले लक्ष्मणलाई आपूmले मारेका रावणको खुट्टा ढोग्न लगाएर ज्ञानको कदर गरेका थिए । रामराज्यको आँखाबाट रावण राक्षस भए पनि यति विद्वान् थिए कि उनले त्यतिबेलै दुईवटा कृति लेखेका थिए । उनको तत्कालीन योजना आयोगले सुनको सिंढी बनाएर स्वर्ग र मत्र्यलोक जोड्ने योजना पारित गरेको थियो । युद्धको नियमलाई उनले कत्ति पनि उल्लंघन गरेनन् । 

पढ्न त सवैले पढ्छन् । प्रश्न हो– पढाई अनुकूलको व्यवहार हुन्छ या हुँदैन ? साहरूख खानलाई ट्विटमा पछ्याउनेको संख्या साढे एघार करोड छ । उनले हिन्दु समुदायकी जीवनसाथी रोजेका छन् । छोराको नाम अविराम राखेका छन् । उनको कलामा प्रश्न उठाएको कसैलाई थाहा छैन । बरु ख्याति झन् बढ्दो छ । अर्का खान सलमानकी बहिनीको बिहे हिन्दु केटासँग भयो । मानव जीवनको सबैभन्दा शक्तिशाली विवेकको नेत्र हो । भएको तर्क सकिएपछि गर्ने कुतर्कले हाम्रा नेताहरूलाई झन् निर्धो र भद्दा बनाउँदै लगेको छ । सत्यलाई कुतर्कको पर्दाले कहिल्यै छेक्न सक्दैन । बरु झन् नांगिन्छ । रहर र कहरमा पढेका कोरा ठेलीलाई शास्त्रीय मान्यता ठानेर सधैं ढुंगाको अक्षर बनाउन खोज्नु भनेको समयको रफ्तार नबुझ्नु हो । समयअनुसार मान्यता बद्लिन्छ । माओत्सेतुङ्को नाम मात्रले काँप्ने चिनियाँ समाज आर्थिक उदारीकरणको पराकाष्टामा पुगेको छ । अबको १५ वर्षभित्र चीनले अमेरिकीलाई उछिन्ने प्रक्षेपण स्वयं पश्चिमाले गर्न थालेका छन् । माओ त्सेतुङको राजनीतिक आतंकलाई देङ सियाओ पिङको आर्थिक दूरदृष्टिले पाखा लगाइदिएको छ । 

 सद्दाम हुसेनको सालिक बनाउन खुन, पसिना चुहाएका इराकीले घन चलाएर सालिक भत्काएका छन् । निर्धन ब्राह्मण चाणक्य विद्वान् विशाल भारतीय साम्राज्यका प्रधानमन्त्री बने । चाणक्य नीति, कौटिल्यको अर्थशास्त्र आज अकाट्य मानव सूत्र बनेका छन् । प्रधानमन्त्री भएर पनि कुटीमा बस्थे । पढ्नु भनेको आपूmलाई सरल बनाउनु हो । असल विचारमा उत्प्रेरित गर्नु हो । अरूको भलोमा आपूm रमाउनु हो । अझ राजनीतिलाई जीवनपथ बनाउनेहरूले त दिनु, दिनु अनि फेरि दिइरहनुमा आपूmलाई समर्पित गर्नुपर्छ । पैसा कमाउन त व्यापार गर्नुपर्छ , व्यापार । जसरी विशुद्ध राजनीति गर्नेहरू जनताको मनमा बस्न सक्छन्, व्यापार गर्नेहरूले घरबाटै फर्कनुपर्छ । 

टिप्पणीहरू