राजश्व चुना लगाउनेविरुद्ध आदालतमा मुद्धा

राजश्व चुना लगाउनेविरुद्ध आदालतमा मुद्धा

नक्कली भ्याट बिल बनाएर राजश्व छल्न खोज्नेविरुद्ध राजश्व अनुसन्धान विभागले मुद्धा दायर गरेको छ । विभागले बाराको लार्ज ट्रेड लिंक प्रालिका सञ्चालकसहित चार जनाविरूद्ध उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

अनुसन्धानको क्रममा नक्कली भ्याट बिल प्रयोग गर्ने पाइएपछि लिंकका सञ्चालक बारा प्रसौनी गाउँपालिका-४ का अर्जुनप्रसाद पटेलसहित चार जनाविरूद्ध मुद्दा दायर गरिएको हो । त्यस्तै, जयकिशोर साह, सूर्यजित प्रसाद साह र तोयानाथ अधिकारीलाई पनि विपक्षी बनाइएको छ ।

उनीहरूमाथि १८ करोड ३५ लाख २२ हजार दुई सय ८६ रुपैयाँ बिगो, बिगोको शतप्रतिशत जरिवाना र कैद सजाय माग गरी मुद्दा दायर गरिएको विभागले बताएको छ ।

वस्तु तथा सेवा खरिद नै नगरी झूटा मूल्य अभिवृद्धि कर बिजकमात्र खरिद गरेर उनीहरूले राजश्व चुहावट गरेको विभागको दाबी छ ।

टिप्पणीहरू