​लुकाएको सम्पत्ति, तनावमा दम्पती

मुद्दा नम्बर ०७५–सिपी–२९६७ अन्तर्गत शान्ता ओझा र प्रतिवादी जानुकाकुमारी पोखरेल भएको लेनदेनसम्बन्धी मुद्दा फैसला भएको छ । न्यायाधीश मेदिनीप्रसाद पौड्यालले काठमाडांैमा ०७५ पुस ८ गते दायर भएको यो लफडा सल्टाएका हुन् । 

०७६ जेठ २ गतेको फैसलाले कागजको ऋणलाई वैधानिकता दिएको छ । जानुकाले लिएको भनिएको ऋण नै नक्कली थियो । उक्त मुद्दाबारे अख्तियार र सम्पत्ति शुद्धीकरणमा छानबिन सुरु भएको छ । दुवै जना सरकारी कर्मचारी हुन् । सधैँँ मालदार अड्डामा कार्यरत ओझा र पोखरेलबीच एउटा नक्कली कागज तयार भई सोही आधारमा अहिले अदालतले फैसला गरेको हो । 

उक्त फैसलाले सम्पत्ति शुद्धीकरणको अनुसन्धानलाई सहज बनाएको छ । ओझा र पोखरेलले कमाएको सम्पत्ति छानबिनमा फैसलाको पूर्णपाठले महŒवपूर्ण भूमिका खेल्नेछ । शान्ता रा.प.अ.नं. प्रथम श्रेणीको निम्नस्तरकी कर्मचारी हुन् । ०५३ साल कात्तिक ११ गते बढुवा भएकी उनी हालसम्म सोही पदमा कार्यरत छिन् । शुरु नियुक्ति ०५३ कात्तिक ११ देखि हालसम्म उनको तलब भत्ता सतप्रतिशत बचत भएको मान्दा पनि ५० लाख पुग्दैन । त्यो पनि घरमै जम्मा भएको नगद ५० लाख । उनले जानुकालाई ०७३ साल पुस ६ गते नगदै त्यही रकम ऋण दिएको कागज बनाएकी छन् । जमिन र घर बिक्री गरेर पनि ५० लाख आएको छैन । ऋण लगानी गर्दा कुनै बैंक र सहकारी देखाएकी छैनन् । कहाँबाट, कसरी दिइन् त्यो ऋण ? सम्पत्ति शुद्धीकरण र अख्तियारको टाउको दुखाइ यही विषय बनेको छ । उनको नाममा कामपा–९ मा कित्ता नम्बर ५६७ को १२७.९७ वर्गमिटर अर्थात् ४ आना क्षेत्रफल र साल्खा–८ मा कित्ता नम्बर ७८ को २–८–२–० क्षेत्रफल जग्गा छ । यी जग्गाबाट पनि आम्दानी भएको छैन । आफ्नो नाममा कुनै फर्म, 

कम्पनी, व्यापार, व्यवसाय दर्ता या बचतसमेत छैन । कमाएको ५० लाख रुपैयाँँको कुनैै कर तथा लाभकर तिरिएको छैन । ५० लाखको तमसुक चलन चल्तीको नेपाली रुपैयाँमा कसरी प्राप्त भयो ? स्रोत खुलेको छैन । १० लाखभन्दा बढीको कारोवार बैंकिङ प्रणालीबाट मात्र गर्नुपर्ने अनिवार्य व्यवस्था छ । ५० लाख नगदै घरमा राखेको कुरा कसरी विश्वासयोग्य हुन सक्छ ? पति जगदीश बस्ताकोटीको न्यू आरती ट्रेडर्स नामक प्राइभेट फर्म छ । वाणिज्य विभागमा दर्ता भएको फर्मको कुल पुँजी १० लाख रूपैयाँ मात्रै हो । स्थानीय व्यापार गर्ने फर्मले समेत आम्दानी गरेको र कर तिरेको छैन । कर कार्यालय बत्तिसपुतली काठमाडांैमा उक्त विवरण सुरक्षित छ । 

जगदीशले सिनामंगलस्थित एउटा मोटर पार्टस पसलमा काम गर्दै आएका छन् । उक्त पसलले पनि वार्षिक ५० लाख आम्दानी गरेको देखिँदैन । व्यक्तिको नाममा दर्ता रहेको पसलमा जगदीश साझेदार छैनन् । जानुकाले लिएको ऋण के गरिन् भन्नेसमेत खुलेको छैन । सरकारी कार्यालयका सामान्य कर्मचारी भएर यति धेरै रकम लेनदेनको स्रोत के हो ? यो मुद्दासँगै दुवैको सम्पत्ति छानबिन हुने भएको छ । ओझाले हरेक वर्ष बुझाउने सम्पत्ति विवरणमा ५० लाख ऋणबारे उल्लेख छ कि छैन अनुसन्धान बाँकी छ । 

यसबीच उच्च अदालत पाटनले जबर्जस्ती करणी अभियोगमा जिल्ला अदालत काभ्रेपलाञ्चोकद्वारा थुनामा राखिएका प्रहरीका सई रामविनोद राय यादवलाई २ लाख ५० हजार रुपैयाँ धरौटीमा छाडिदिएको छ । युवतीले कञ्चटमा पेस्तोल राखेर पटकपटक बलात्कार गरिएको बयान दिँदै उजुरी गरेकी थिइन् । २० लाख खर्च गरेर निस्कने धम्की दिएका यादवलाई उच्च अदालतका न्यायाधीशद्वय कृष्णलाल भट्टराई र जगत्बहादुर थापाले धरौटीमा छाडेका हुन् । पीडितका श्रीमान्  सेनामा सिपाही छन् । टुहुरा श्रीमान्लाई समेत धम्की दिँँदै पटक–पटक कुटपिटसमेत गरेका यादवले युवतीलाई दर्जनांै पटक होटलमा लगेर बलात्कार गरेका थिए । मुलुकी संहिताले ३ वर्षभन्दा माथि कैद भएको केसमा धरौटीमा छाड्न नमिल्ने व्यवस्था गरेको छ । 

– मोतीराम तिमल्सिना
 

टिप्पणीहरू