कलियुगमा कस्ता कस्ता काण्ड
सदरखोर डिल्लीबजारमा रहेका रमेश बाहुन नामले चिनिने सुजन पौडेल मुटुमा समस्या आएपछि वीर अस्पतालमा राखिएका छन् । जब उनी अस्पताल भर्ना भए, तब उनले जेलभित्रै बसेर चलाउने गरेको मोबाइल प्रहरीले बरामद गरेको छ । त्यसको कल डिटेल्स निकाल्दा सबभन्दा बढी सम्पर्क देखिन्छ, उनै निलम्बित डिएसपीसँग ।
नेपालगञ्जमा चेतन मानन्धर हत्याका मुख्य अभियुक्त रिगल ढकाल जुम्ला कारागारमा छन् । भीमफेदी कारागारमा शरद् गौचन हत्याका अभियोगी श्याम गुम्बे छन् । उनै डिएसपीको मध्यस्थतामा जुम्ला कारागार हुँदै डिल्लीबजार सदरखोरदेखि भीमफेदीसम्मका कैदीहरु फोनमा कुरा गर्छन् । योजना भित्रैबाट बन्छ, कार्यान्वयनमा केही प्रहरीले सहयोग गर्छन् ।
नेपाल छिर्नुअघि शरद् गौचन हत्या अभियोगमा अहिले जेलमा रहेको गुण्डा नाइके समीरसिंह बस्नेत, रुपन्देहीमा मारिएका मनोज पुनहरुलाई सञ्चालन गर्ने मुख्य व्यक्ति भारतीय अपराधी जोगिन्दर हुन् र मध्यस्थकर्ता डिएसपी रहेको प्रहरीले बताएका छन् ।
आपराधिक गतिविधिबाट आर्जित रकमले विभिन्न होटल, रेष्टुराँमा लगानी गरेको पनि खुलेको छ । त्यसमध्ये इटहरी, बरगाछीमा राम गिरीका नाममा निर्माणाधीन तीन तारे होटलमा लगानी पुष्टि गर्न प्रहरीले अलग्गै टोली खटाएको छ ।
उता, एकजना महिलासँग एसपीको मिलेमतो हुँदा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा अर्को तनाव छ । होटल याक एण्ड यतिमा सञ्चालित क्यासिनो रोयलमा भारतीय नागरिक आशिष पटेलले लगानी गर्न खोजे । तर, उद्योग विभाग र राष्ट्रबैंकले पैसा ल्याउन अनुमति दिएन । यसपछि त्यहीँ काम गर्ने जयन्ती थापा नामक महिलाका नाममा २५ करोड पुँजी लगानी भयो । सम्पत्ति शुद्धिकरणमा उजुरी प¥यो, स्रोत के हो ?
महानिर्देशक रुपनारायण भट्टराईले एसपी प्रकाश रानाभाटलाई अनुसन्धान अधिकृत तोकिदिए । तर, प्रकाशले अनुसन्धान गरेनन्, फाइल लुकाएर राखे । उजुरकर्ताहरु अर्थमन्त्रालयसम्म पुगिसकेका छन् । यता फाइल हराएर रुपनारायण तनावमा । असईबाट जागिर खाएका एसपी प्रकाश रानाभाट ०५६ का इन्स्पेक्टर हुन् । तालिम गर्दा पूर्वमहालेखा परीक्षक विष्णुबहादुर केसीका छोरा तथा उनका व्याची (हाल एसपी) अजय केसीको जुत्ता चोरेर कारवाहीमा परेका उनी अहिले सम्पत्ति शुद्धिकरणका महानिर्देशकलाई भन्दैछन्, ‘मेरालागि यस्तो कारवाहीले केही हुँदैन ।’
टिप्पणीहरू