अनलाइन ठग समातिए

अनलाइन ठग समातिए

सामाजिक सञ्जाल फेसबुक ह्याक गरि रकम ठग्ने एक जनालाई प्रहरीले फेला पारेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका १०, मंगलबारे घर भई हाल भक्तपुरको गठ्ठाघर बस्ने किरण पाठकलाई प्रहरीले समातेको हो ।

पक्राउ परेका पाठकले सर्वसाधारणलगायत उच्चपदस्थ व्यक्तिहरुको समेत फेसबुक आईडी ह्याक गरी उक्त आईडीको दुरुपयोग गर्दै रकम माग्ने गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार उनले ह्याक गरेका आइडीमा भएका साथीहरुसँग नक्कली व्यक्ति बनि विभिन्न बहाना बनाएर आफूलाई अति जरुरी समस्या परेको देखाउँदै विभिन्न खातामा पैसा जम्मा गर्न लगाएर अनलाइन ठगी गरेको बताइएको छ ।

पाठकलाई हिजो साँझ फेला पारिएको हो । आज ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारवाहीको लागि महानगरीय प्रहरी परीसर टेकु पठाइएको छ ।

टिप्पणीहरू