अवैध खसी बोका बोकेको ट्याक्टरसहित सबै प्रहरीको नियन्त्रणमा

अवैध खसी बोका बोकेको ट्याक्टरसहित सबै प्रहरीको नियन्त्रणमा

धनगढीमा अवैध खसी बोका ओसारपसारमा संलग्न तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज स्थानीय भन्सार नजिकै ४५ वटा अवैध खसी बोका ओसारपसार गरिरहेको बखत प्रहरीले ट्याक्टरसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा कञ्चनपुरको पुनर्वास नगरपालिका ८ बस्ने ३६ वर्षका रामकिशोर राना, पाँचथरको फिदिम ४ बस्ने ४१ वर्षका टंकबहादुर थापा, तनहुँ फिरफिरे गाविस ८ बस्ने ३७ वर्षे तीलप्रसाद पौडेल छन् ।

रानाले चलाएको सु.प.प्र. ०१९००२ त ५१८२ नम्बरको ट्याक्टरमा ४५ ओटा खसीबोका अवैध रुपमा ओसारपसार गरिहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई ट्याकटर र खसी बोकासहित नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय पठाइएको छ ।

टिप्पणीहरू