भुक्तानी एप्सको प्रयोग गरी ठगी गर्ने प्रहरी नियन्त्रणमा
खल्ती एप्सको प्रयोग गरी ठगी गर्ने दुई जनालाई प्रहरीले समातेको छ । पर्सा छिपहरमाई गाउँपालिका २ घर भएका १८ वर्षीय दुई किशोरलाई प्रहरीले समातेको हो ।
उनीहरुले खल्ती एप्सको कर्मचारीको रुपमा परिचय दिँदै पीडितलाई आफ्नो मोबाईलबाट फोन सम्पर्क गरी ओटिपी कोड मागेर ठगी गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरुले ओटिपी कोड अरु कसैलाई नदिई टिपाउनु भनी पीडितहरुलाई विश्वासमा पार्ने गरेका थिए । त्यसपछि उनीहरुले खल्ती आईडी खोली पीडितहरुको नाममा रहेको रकम आईएमई तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरबाट रकम निकालेका थिए ।
उनीहरूलाई थप कारबाहीका लागि लागि महानगरीय प्रहरी परिसर काठमाडौं चलान गरिएको छ ।
टिप्पणीहरू