प्रहरीलाई खुकुरी हान्ने थुनामा
काठमाडौं जिल्ला अदालतले प्रहरीमाथि खुकुरी प्रहार गरको अभियोगमा एक युवालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । सामान्य विवाद हुँदा गत पुस १० गते तारकेश्वर नगरपाकिा ८, शेषमती लामबगर नजिकै प्रहरीलाई खुकुरी प्रहार गरेका शनि तामाङलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको हो ।
स्थानीय जरङ्कुका २९ वर्षीय तामाङले दोलखाको चरिकोट गाउँपालिका १ घर भई हाल तारकेश्वर नगरपालिका लामाबगर बस्ने २८ वर्षीय सुभास तामाङलाई खुकुरी प्रहार गरी घाईते बनाएका थिए । त्यसपछि भाग्ने क्रममा लखेट्दै जाँदा महानगरीय प्रहरी प्रभाग धर्मस्थलीमा कार्यरत प्रहरी नायव निरीक्षक पदम अवस्थीलाई शनिले खुकुरी प्रहार गरेका थिए ।
अवस्थीले आफू घाइते भए पनि खुकुरीसहित नियन्त्रणमा लिएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेश राज मैनालीका अनुसार जिल्ला अदालतले उनलाई पुर्पक्षको निम्ति थुनामा पठाएको हो ।
टिप्पणीहरू