काभ्रेका विक र सिरहाका शर्मा महोत्तरीमा च्याप्पै
ठूलो परिमाणमा लागूऔषधसहित प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । महोत्तरीको औराही–४ कठुधारबाट दुई हजार ९ सय ८२ पिस नाइट्राभेटसहित सरोज विक र आकाश शर्मा समातिएका हुन् ।
काभ्रेको मण्डन देउपुरका विक र सिराहा गोलबजारका शर्मालाई सम्सीबाट बर्दिवासतर्फ जाँदै गर्दा अस्थायी प्रहरी पोष्ट कठुधारवाट खटिएको टोलीले पक्रेको हो । बा.४६ प ६२७३ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार दुबैलाई पक्राउ गरिएको महोत्तरी प्रहरीले जनाएको छ ।
ठूलो मात्रामा लागु औषधसहित पक्राउ परेका उनीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढाएको प्रहरीको भनाइ छ ।
टिप्पणीहरू