ई–कमर्सको नाममा ठग्ने पुष्पराज थुनिए
संगठित ठगीमा संलग्न एक युवालाई जिल्ला अदालत चितवनले थुनामा पठाएको छ । ‘मेक्स मि ई–कमर्स ईन्टरनेशनल’ नामको कम्पनी खडा गरि संगठित ठगि गरेको अभियोगमा दैलेखका पुष्पराज तिमिल्सिनालाई अदालतले थुन्ने आदेश दिएको हो ।
दैलेखको आठबिस नगरपालिका-७ तिलेपाटा घर भई हाल चितवनको भरतपुर महानगरपालिका-७ बस्ने २७ वर्षीय तिमिल्सिनाले उक्त कम्पनीको नामबाट बढी ब्याजको प्रलोभनमा पारेर ठगि गरेको कसूरमा अदालतले सजाय सुनाएको हो ।
अदालतले मुलुकी अपराध संहिताको दफा २४९ को उपदफा ३ को (ग), इजाजतपत्र नलिई बैंकिङ कारोबार सञ्चालन गरेको हकमा बैंक तथा बित्तिय संस्था सम्बन्धी ऐन- २०७३, नेपाल राष्ट्र बैंकका कर्मचारीको दस्तखत तथा कार्यालयको छाप कीर्ते गरी नक्कली इजाजतपत्र तयार गरेको हकमा सरकारी लिखत कीर्तेसम्बन्धी कसूर र संगठित रूपमा उक्त कसूर गरेको पाईएकोले संगठित अपराध अन्तर्गतसमेत सजाय र जरिवाना तोकिएको छ ।
जिल्ला अदालतले एक करोड पञ्चानब्बे लाख धरौटी मागेकोमा तिर्न नसकेपछि पुष्पराज थुनामा गएका हुन् ।
टिप्पणीहरू