गुगलका सीइओविरुद्ध भारतमा मुद्दा

गुगलका सीइओविरुद्ध भारतमा मुद्दा

गुगलका सीइओ सुन्दर पिचाईविरुद्ध भारतमा मुद्दा परेको छ । मुम्बई प्रहरीले पिचाईविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको अभियोगमा मुद्दा दायर गरेको हो ।

यस्तै कम्पनीका अन्य ५ जनाविरुद्ध पनि मुद्दा दायर गरिएको छ । ‘अदालतको आदेशमा गुगलका सीईओ सुन्दर पिचाई र कम्पनीका अन्य पाँच जना अधिकारीविरुद्ध प्रतिलिपि अधिकार ऐन उल्लंघनको आरोपमा मुद्दा दायर गरिएको छ,’ मुम्बई प्रहरीले भनेको छ ।

भारतीय समाचार एजेन्सी एनडीटीभीका अनुसार फिल्म निर्देशक सुनिल दर्शनले दिएको उजुरीका आधारमा मुम्बई प्रहरीले मुद्दा हालेको हो ।

गुगलले आफ्नो अनुमतिबिना नै अनधिकृत व्यक्तिलाई ‘एक हसिना थी एक दिवाना थी’ फिल्म युट्युबमा राख्न अनुमति दिएको दर्शनको उजुरीमा उल्लेख छ ।

भारतीय मूलका अमेरिकी पिचाई भारतको ७३ औं गणतन्त्र दिवसको अवसरमा हिजो पद्म भूषणबाट सम्मानित भएका थिए ।

टिप्पणीहरू