महँगा रक्सी बेच्नेहरुको गोदाममै हमला
भारतबाट बिभिन्न ब्रान्डका महँगा मदिरा चोरेर ल्याई नेपालमा बिक्री गर्ने एउटा समूह प्रहरी कारवाहीमा परेको छ । रेड लेबल,ब्ल्याक लेबल, एब्सोल्युट भोड्का,सिवास रिगललगायतका रक्सीहरू भारतबाट चोरेर नेपाल ल्याउने र महँगो दाममा बेच्ने सो समूहलाई महानगरी अपराध अनुसन्धान महाशाखाले पक्रेको हो ।
समातिनेमा पर्साको गादी घर भई बूढानिलकण्ठ एरियामा बस्ने ३९ वर्षीय सन्तोषचन्द्र बख्रेल, कागेश्वरीमनहरा नगरपालिका-६ का ३० वर्षीय शैलेश पन्त,पर्साको सुवर्णपुर घर भई हांडिगाँउ बस्ने २८ वर्षीय रविन पाख्रिन र सर्लाही जिल्ला बरहथवाघर भई चाबहिल बस्ने ३८ वर्षीय नारायणप्रसाद घिमिरे रहेका छन् ।
गोप्य सूचनाको आधारमा महाशाखाको बिशेष टोलीले उनीहरुलाई उपत्यकाका रामकोट, बानेश्वर,कपनलगायत विभिन्न स्थानबाट २ सय ९६ कार्टुन मदिरासहित पक्राउ गरेको हो । बरामद मदिराको बजार मूल्य अन्दाजी एक करोड पचास लाख रहेको महाशाखाले जनाएको छ ।
पक्राउ परेकाहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि ललितपुरस्थित राजश्व अनुसन्धान विभाग पठाउनुका साथै बरामद मदिराहरुको गुणस्तर परीक्षणका लागि पठाईएको महाशाखाले जनाएको छ ।
टिप्पणीहरू