३५ सय घुससहित वडासचिव रंगेहात पक्राउ
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग ३५ सय घुस लिएको आरोपमा वडासचिव पक्राउ परेका छन् । बाराको कोल्हवी नगरपालिका–११ रामपूर्वाका वडासचिव विनोदप्रसाद साहलाई घुस रकमसहित आज अख्तियारले पक्राउ गरेको हो ।
जग्गा नामसारी सिफारिसका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने उजुरीका आधारमा उनलाई नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।
साहलाई सेवाग्राहीबाट ३५ सय रुपैयाँ घुसवापतको रकम लिइसकेको अवस्थामा अख्तियार कार्यालय, हेटौंडाबाट गएको टोलीले पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ ।
टिप्पणीहरू