राहदानी बनाइदिने नाममा ठगी

राहदानी बनाइदिने नाममा ठगी

राहदानी बनाई दिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिका ५, संगमचोक बस्ने ३५ वर्षीय मनोज सापकोटालाई हिजो प्रहरीले पक्राउ गरेको हो ।

त्रिपुरेश्वरस्थित राहदानी विभागमा राहदानी बनाउन आएका सर्लाही ईश्वरपुरका एक व्यक्तिलाई गत मंगलबार राहदानी बनाइदिने भन्दै १२ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने सूचना प्रहरीले पाएको थियो ।

सोही सूचनाको आधारमा प्रहरीले उनलाई हिजो नियन्त्रणमा लिएको हो । सापकोटाउपर ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरअन्तर्गत काठमाडौं जिल्ला अदालतबाट पाँच दिन म्याद थप गरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

टिप्पणीहरू