दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

दुई भारतीय लागुऔषध कारोबारी पक्राउ

सीमावर्ती बजार क्षेत्रमा लागुऔषधको कारोबारमा भारतीयहरु पनि सक्रिय हुन थालेका छन् । हिजो झापाको मेचीनगर नगरपालिका १५ बाट ब्राउनसुगरसहित दुई जना भारतीयलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको दार्जिलिङस्थित बतासे चुनिलाल गाउँका २५ वर्षीय मोहम्मद सुल्तान र २७ वर्षीय रञ्जित गणेश हुन् । उनीहरुलाई हिजो दिउँसो ज्यामिरगढी प्रहरीको गस्ती टोलीले पक्राउ गरेको हो ।

प्रहरीले उनीहरुको साथबाट ब्राउनसुगर १५ ग्राम फेला पारेको छ । पक्राउ परेका दुबै जनाविरुद्ध थप अनुसन्धान भइरहेको धुलाबारी प्रहरीले जनाएको छ ।

यसैगरी प्रहरीले झापाकै दमक नगरपालिका १ डाँडागाउँ एकता टोलका २६ वर्षीय प्रकाश सिटौलालाई लागुऔषधसहित पक्राउ गरेको छ । दमक प्रहरीले हिजो बेलुकी साढे ६ बजे उनको घर खानतलासी गर्दा नाइट्रोभेट ७५ ट्याब्लेट र इस्कुफ एक सय मिलिलिटरको ७ बोतल फेला पारेको हो ।

पक्राउ परेका सिटौलालाई इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।

टिप्पणीहरू