विश्वकप खेल्ने लक्ष्य बोकेको नेपाली टोली ओमान जाँदै

विश्वकप खेल्ने लक्ष्य बोकेको नेपाली टोली ओमान जाँदै

आईसीसी टी–२० विश्वकप ग्लोबल क्वालिफायरमा सहभागिता जनाउन नेपाली राष्ट्रिय क्रिकेट टोली आज ओमान प्रस्थान गर्दै छ । आगामी अक्टोबर र नोभेम्बरमा अष्ट्रेलियामा हुने आईसीसी विश्वकपमा छनोट हुने लक्ष्यका साथ नेपाली टोली ओमान जान लागेको हो ।

टोली आज साँझ साढे आठ बजे ओमानका लागि उड्दै छ । विश्वकपकाको ग्लोबल क्वालिफायर फेब्रुअरी १८ देखि २४ तारिखसम्म हुँदैछ । ग्लोबल क्वालिफायरमा नेपालले आयोजक राष्ट्र ओमान, क्यानडा र फिलिपिन्ससँग खेल्नेछ ।

ग्लोबल क्वालिफायरअघि नेपालले ओमानमा चारदेशीय टी–२० सिरिज खेल्ने तालिका छ । चार देशीय टी–२० सिरिजमा नेपाल, आयरल्याण्ड, युएई र ओमानबीच खेल हुने छ ।

टिप्पणीहरू