उच्च गति रेलले नयाँ आशा ल्याउँछ

उच्च गति रेलले नयाँ आशा ल्याउँछ

डिसेम्बर १४ २०१९ मा चेङ–गुइ उच्च गति रेलवे खोलियो । चेङ–गुइ उच्च गति रेलवे चेङदु, सिचुआन प्रान्तबाट सुरु हुन्छ, र युन्नान प्रान्तको चाओतुङ सहरको चेनसिओँ काउन्टी र वेक्सिन काउन्टी हुँदै गुइझौ प्रान्तको गुइयाङ सहरमा समाप्त हुन्छ । यो रेल मार्ग जम्मै ६४८ किमि लामो छ र यसको डिजाइन गति २५० किमि प्रति घण्टा छ । यसको खोल्नु भनेको उत्तरी युन्नानको चाओतुङ सहरको उच्च गति रेल नभएको इतिहास समाप्त भएको छ ।

चेनसिऔँ काउन्टी युन्नान प्रान्तमा सबैभन्दा बढी जनसंख्या भएको काउन्टी हो, जुन १० लाख भन्दा बढी जनसंख्या भएको छ । वेक्सिन काउन्टी युन्नान, गुइझौ र सिचुआन तीन प्रान्तको सिमाना स्थलमा अवस्थित छ । दुवै ठाउँ एकदम असुविधाजनक यातायातका साथ अति विपन्न क्षेत्रहरुमा पर्छन् । उच्च गति रेलको खोल्नाले यस क्षेत्रमा मानवको आदानप्रदान गर्न सहयोग पु¥याउँछ, स्थानीय बासिन्दाहरुलाई गरिबीबाट बच्न अवसरहरु र स्थानीय आर्थिक विकास प्रदान गर्दछ ।

तथ्याङ्कअनुसार, युन्नान रेलवेको अपरेटिङ माइलेज ४०३१ किलोमिटर पुगेको छ । उच्च गति रेलको अपरेटिङ माइलेज भने शून्यदेखि ११०५ किलोमिटरसम्म पुगेको छ । वर्तमान समयमा युन्नानले उच्च गति रेलको युगमा प्रवेश गरेपछि राष्ट्रिय उच्च गति रेलवे नेटवर्कलाई जोडेको छ । उच्च गति रेल सवारीको कभरेज प्रभाव, विकिरण प्रभाव र इन्टरसिटी प्रभाव पनि प्रस्टसँग खडा भएको छ ।

उच्च गति रेलले युन्नानको विकासमा नयाँ आशा ल्याएको छ । युन्नान र रेलको सम्बन्धमा धेरै चाखलाग्दा कथाहरु छन् । युन्नानको पहिलो रेलमार्ग चीनको मुख्य भूमिमा गएको होइन विदेशमा गएको हो । १९१० मा चीनको कुनमिङ र भियतनामको हैफाङ्गलाई जोड्ने युन्नान–भियतनाम रेलवे खोलिएको थियो । ८५९ किलोमिटर लामो भएको यस रेलमार्ग आज पनि सञ्चालनमा छ ।

आज युन्नानले विदेशमा जाने रेलवे निर्माण गर्न जारी राखेको छ । उत्तरमा कुनमिङदेखि दक्षिणमा भिन्टेन, लाओस सम्म चीन(लाओस रेलमार्गको निर्माण कार्य द्रुत गतिमा चलिरहेको छ र यो रेलवे २०२१ मा खुला हुने आशा गरिएको छ । भविष्यमा आपसमा जोडिएको रेलवे सञ्जाल थाईल्याण्ड, म्यानमार र अन्य देशहरुमा पनि विस्तार हुनेछ । उत्तरी लाओसको गाउँमा बस्ने एउटी आमाले आफूले चीन–लाओस रेलवेका फाइदाहरु महसुस गरेको बताइन् । किनभने रेलमार्गको निर्माणले स्थानीय अर्थव्यवस्थालाई प्रोत्साहित गरेको छ, र यसै कारणले गर्दा उनले रेस्टुरेन्टको भान्छामा जागिर पाउन सक्छिन् र तीन वर्षे छोरीलाई हुकाउन सक्छिन् । उनी उत्साहका साथ भन्छिन्, ‘यस रेलले मेरो जीवनलाई पूर्ण रूपले परिवर्तन गरिसकेको छ । रेल पूरा भएपछि म मेरी छोरीलाई लाओसका अन्य ठाउँमा वा चीनमा घुमाउन सक्छु । जब उनी ठूली भइन्, उनी राजधानी भिन्टेन र विदेशमा समेत काम गर्न सक्छिन् ।’ (यस पत्रिकाबाट संश्लेषित)

टिप्पणीहरू