युएनको कर्मचारी बनेर लाखौँ ठगि
संयुक्त राष्ट्रसंघ (युएन)मा जागिर लगाइदिने भनेर विभिन्न व्यक्तिहरूबाट लाखौ रुपैयाँ ठगी गरी फरार रहेका एक जनालाई प्रहरीले समातेको छ ।
आफूलाई संयुक्त राष्ट्रसंघको इन्जिनियर बताएर राष्ट्रसंघमा जागिर लगाइदिने प्रलोभन देखाई १८ लाख ८५ हजार रुपैयाँ ठगी गरी फरार रहेका डोटीका दिनेश सिंहलाई प्रहरीले समातेको हो । डोटीको साबिक तोलेनी गाबिस बस्ने २६ वर्षीय दिनेशले विभिन्न मितिमा कास्की पोखराका विभिन्न व्यक्तिलाई ठगी गरी फरार रहेका थिए ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीसँगको समन्वयमा बुटवल उपमहानगरपालिका–९ मिलनचोकमा फेला पारी उनलाई पक्राउ गरेको हो ।
प्रहरीले उनको साथबाट १ थान ल्याप्टप, २ थान मोबाइल, पहेलो रंगको १ थान सिक्री, १ थान औंठी, विभिन्न कम्पनीको ६ थान सिम, १० थान नेपाल राष्ट्र बैंकको कार्ड होल्डर, बिभिन्न व्यक्तिको नागरिकताको प्रतिलिपी, ठगी गर्ने प्रयोजनको लागि बनाएका विभिन्न कागजात र नगद ६७ हजार रुपैयाँ बरामद गरेको छ ।
टिप्पणीहरू